सशस्त्र प्रहरी बल टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रिपोर्ट नेपाल | 2020 Jan 29 | 07:34 pm 6151

काठमाडौं, माघ १५: देशका विभिन्न स्थानबाट सशस्त्र प्रहरी बलले अवैध रुपमा ल्याएको विभिन्न सामान बरामद गरेको छ ।

ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित बसपार्कबाट मंगलबार एपीएफ टोलीले करीव दुई लाख ५४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको मे १ ज २७२२ नम्बरको मारुती भ्यानसमेत बरामद गरेको छ ।

टोलीले बरामद लत्ताकपडा तथा उक्त मारुती भ्यान भन्सार कार्यालय पशुपतिनगरमा बुझाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साबाट खटिएको टोलीले बुधबार करीव एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा सालको काठ बरामद

ईलाम जिल्लाको चुलाचुली गाउँपालिका ४ स्थित बुकुना खोलाको जंगलबाट एपीएफ टोलीले मंगलबार करीव आठ क्यूफिट सालको चिरान तथा गोलिया काठ बरामद गरेको छ ।

उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त सालको चिरान तथा गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चुलाचुलीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय चुलाचुलीमा बुझाईएको छ ।

टोलीद्वारा कुखुराको चल्ला बरामद

सिरहा जिल्लाको सिरहा नगरपालिका १९ स्थित सोहर्वाबाट मंगलबार एपीएफ टोलीले करीव एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कुखुराको चल्ला बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४० कार्टनु कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लगडिगधियानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद चल्ला एपीएफ टोलीले स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.