वीरगन्ज, मंगलबार २१ । पर्साको सिमानाका हुने तस्करीमा सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले तस्करीको लाईन दिएको खुलेको छ। पर्सामा वीगतको दिन देखी बन्द रहेको तस्करी सशस्त्र प्रहरी बल १३ नम्बर गणको संरक्षणमा विभिन्न सिमानाकाहरुबाट व्यापक रुपमा तस्करी फष्टयाएको हो।
पर्साको वीरगंज भन्सार,छपकैया, अमरपर्टी, प्रसौनी, धौरे, सबैठवा, भिस्वा, गुडगाई,टिहुकी,मिर्जापुर,भिखमपुर,जानकीटोला,महादेव पर्टी र स्वर्णपुरनाकाबाट व्यापक रुपमा तस्करी हुदै आएको स्थानियहरुले बताएका छन। सिमानाकामा बाट हुने तस्करी लत्ताकपडा,हाडयेवर, कबाड, काजु, हड्डीको धुलो, कास्मेटीक सामानहरु, चिनी, प्याज, राजनिगन्धा, पान पराग लगाएतको सामानहरुको ठुलो मात्रा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याले तस्करी बन्द रहेको दाबी गरेपनि उनको मातहत रहेका सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी एवम सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले सिमानाकामा रहेको गुल्मपती र बिओपीपतीहरु मार्फत तस्करसंग रकम बुझि तस्करीको लाईन खुलाएको नाम नछाप्रने सर्तमा सशस्त्र प्रहरीका एक अधिकारीले यस अनलाईनलाई बताएका छन।
वीरगंजका तस्कर मदन संग १३ नम्बर गणका डिएसपी संगम श्रेष्ठले३ लाख रुपैया लिई एक घण्टाको लागि दिएका छन।
तस्कर मदनले श्रेष्ठलाई आफुहरुले पोके महिला संग भारतबाट अवैध रुपले लत्ताकपडा मगाउने सर्तमा महिनवारी बुझाएको एक सशस्त्र प्रहरीका जवानले नाम नछाप्रने सर्तमा बताएका छन।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट सशस्त्र प्रहरीको टोली बाहिर निस्कने बितेके गणका डिएसपी श्रेष्ठले गुल्म पति , बिओपी पति र तस्करहरुलाई काम रोक्न सूचना दिने गरेको सशस्त्र प्रहरीको स्रोतले जनाएको छ।
यसरी नै सशस्त्र प्रहरीले तस्करीको लाईन दिएको समाचार पटकपटक यश दैनिक र विभिन्न पत्र पत्रिकामा आएपनि सशस्त्र प्रहरीका आईजिपी राजु आर्यलले केहि कार्यबाही नगरेकोले उहाँ माथिनै प्रशन चिन्ह खडा भएको छ।