सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट एफपीयू प्रि–डिप्लोयमेन्ट तालिम उद्घाटन

| 2020 Nov 24 | 07:43 pm 2201

काठमाडौं, मंसिर ९ः सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा संचालित एफपीयू प्रि–डिप्लोयमेन्ट तालिमको उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा संगठनले दिएको यो अवसरलाई मनन् गर्दै विदेशी भूमिमा शान्ति स्थापनार्थ विभिन्न मुलुकका सुरक्षाकर्मीसंग सहकार्य गर्दै शान्ति स्थापनाको कार्यमा उत्कृष्ट योगदान पुर्याउन तल्लीन रहनुपर्ने बताए ।

उनले संगठनले जिम्मेवारीका क्षेत्रहरुमा रचनात्मक ढंगले दायित्व पुरा गरीरहेको चर्चा गर्दै शान्तिस्थापनार्थ खटिने एपीएफ टोलीले त्यस ठाउँको रिती रिवाज तथा रहनसहनलाई समेत सम्मान गर्दै व्यावशायिक ढंगले दायित्व पुरा गर्नुपर्ने उल्लेख गरे ।

तालिममा समावेश भएका एपीएफ अधिकृत तथा जवानहरुले प्रशिक्षणको दौरानमा बढी भन्दा बढी ज्ञान आर्जन गर्न कोशिस गर्नुपर्ने चर्चा गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले तालिमबाट आर्जन हुने ज्ञान तथा कला कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै शान्ति स्थापनाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउन सधै सकृय रहनुपर्ने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले शान्ति स्थानार्थ खटिएको अघिल्ला टोलीहरुले मिसन इलाकामा प्राप्त जिम्मेवारीलाई व्यावसायिक कुशलतापूर्वक निर्वाह गरेर देश र संगठनको नामलाई उचाईमा पुर्याएको स्मरण गर्दै यस टोलीले समेत सोही अनुरुपको क्षमता विस्तार गर्न तालिमलाई अवसरको रुपमा लिएर लगनशिल भई मेहनत गर्ने विश्वास व्यक्त गरे ।

उक्त समारोहमा सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र राईले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गरेका थिए । उक्त तालिममा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फर्मड पुलिस युनिट (एफपीयु)को रुपमा परिचालनको लागि छनोट भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रदिपकुमार पालसहित एपीएफ अधिकृत, बिल्लादार तथा जवानहरु गरी कुल १ सय ९८ जना प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु लगाएत एपीएफ अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

एपीएफ टोलीद्वारा चाँदी बरामद

बारा जिल्लाको विश्रामपुर गाउँपालिका ३ स्थित मुसरुवा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चाँदी बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै निजले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित मुल्य बराबरको एक हजार एक सय ६४ ग्राम चाँदी फेला परेपछि बरामद गरिएको हो ।

बरामद चाँदी भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

औषधी बरामद
झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित मरिच बगान ईलाकाबाट एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको विभिन्न औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घेरवारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.