सशस्त्र प्रहरीद्वारा हनुमानगरबाट ठूलो परिमाणको सुर्ती बरामद

रिपोर्ट नेपाल | 2020 Oct 09 | 11:57 am 1972

  • महेश सिंह

सिरहा, असोज २३ः सप्तरीको हनुमानगर नगरपालिका ५ बाट सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएका प्रहरी टोलीले ठूलो परिमाणको अवैध सुर्ती बरामद गरेको छ।

No description available.

गोप्य सूचनाको अधारमा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठको कमान्डमा खटिएको सादा पोशाकका सशस्त्र प्रहरीले उक्त सामान बरामद गरेको हो।

नाकाबन्दीको मौका छोपी तस्करले ठुलो परिमाणको अवैध सुर्ती भन्सार छलेर नाउँ (डुङ्ग) प्रयोग गरी भारत तर्फ लैजादै गरेको अवस्थामा कोशी किनारबाट पक्राउ गरेको जानकारी दिएको छ ।

No description available.

पक्राउ गरिएको सामानहरुमा सुर्ती २० बोरा, मन्जन गुल्ल ५ बोरा, मटर, कपडा लगायतका रहेका छन् । उक्त सामान करिब ३ लाख मुल्य बराबरका रहेको छ।

प्रहरीलाई देख्नासाथ तस्करले सामान छाडेर फरार भएका थिए। बरामद गरेको सामान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.