सप्तरी, जेठ १९ः जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदिबाट सशस्त्र प्रहरीले एक जनाको सकुशल उद्वार गरेको छ । झापा जिल्लाको कमल गाउँपालिका ५ बस्ने करीव ४१ बर्षीय बधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलबाट उक्त नदिमा हाम फालेका थिए । उक्त घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश
भारदहबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार उद्धव चौलागाईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले मोटरबोटको प्रयोग गरी उनलाई तत्कालै सकुशल उद्वार गरेको हो ।
चोरीनिकासीको मदिरासहित भारतीय नम्बरको कार बरामद
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करीव १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीनिकासीको विभिन्न मदिरा बरामद गरेको छ । डि.एल. ५ सीडी ७४५३ नम्बरको भारतीय कारमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा र उल्लेखित कार सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसवेला उक्त कारका चालक गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सो कार सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद मदिरा तथा कार आन्तरिक राजश्व कार्यालय जनकपुरमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव ३ लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालयमा बुझाईएको छ ।