सशस्त्र प्रहरीद्वारा मदिरा तथा लागूऔषधसहित दुई पक्राउ

| 2021 Jun 14 | 07:48 pm 3305

सप्तरी, जेठ ३१ः जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव ९ लाख ८२ हजार रुपैयाँ बराबरको मदिरासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको रामधुनी नगरपालिका ३ बस्ने केशव विश्वकर्मा रहेका छन् ।

प्रदेश १–०२–००१ ख ८६६० नम्बरको आईचर गाडीमा अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ हजार १ सय ५० कार्टुन मदिरासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ
गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त गाडी समेत बरामद गरेको छ ।

पक्राउ परेका विश्वकर्मालाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।

लागूऔषधसहित पक्राउ
रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टिस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले २६ वटा नाईट्रोजन ट्याब्लेटसहित सोही जिल्लाको राजदेवी नगरपालिका ७ बस्ने १९ वर्षीय दिनेश रामलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

पक्राउ परेका रामलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ चाँदनी चोकबाट सशस्त्र प्रहरी करीव ५ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामणी ग्रामपञ्चायत घर बताउने ४० वर्षीय लक्ष्मण मण्डल रहेका छन् ।

ग ३ प ३३१७ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो । पक्राउ परेका मण्डललाइ बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

लागूऔषध बरामद
बारा जिल्लाको सिम्रनगढ नगरपालिका १ बैरियास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

बीआर ०५ एक्स ०६७६ नम्बरको मोटरसाईकलमा आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो मोटरसाईकलमा जाँच गर्दा नोफिन १ हजार ५० वटा, डाईजेपाम १ हजार ५० वटा र प्रोमेथाजिन १ हजार ५० वटा फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईक समेत बरामद गरिएको छ । बरामद लागूऔषध तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.