ईलाम, माघ १७ः सशस्त्र प्रहरी बलको टोलीले अवैध हतियार बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलामाको माङसेबुङए गाउँपालिका ३ स्थित चतुरेबाट बिहीबार एपीएफ टोली र नेपाल प्रहरीले दुई नाल भरुवा बन्दुक तथा सोको दुई सय ग्राम छर्रा र जरायोको सिङसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय विशाल राई र ३५ वर्षीय शिवकुमार राई रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको टोली र नेपाल प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त
भरुवा बन्दुक तथा सोको छर्रा र जरायोको सिंह फेला परपछि पक्राउ गरिएको हो सशस्त्रले जानकारी दिएको छ ।
पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको बताइएको छ ।
टोलीद्वारा चोरीपैठारीको सामान बरामद
धनुषा जिल्लाको विदेह नगरपालिका २ स्थित ढाला चोकबाट एपीएफ टोलीले बिहीबार करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान तथा मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैथानपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
टोलीले बरामद गरेको सामान तथा मोटरसाईकल जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भातबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट बरामद गरेको हो ।
त्यस्ते नेपालबाट भारततर्फ लैजाँदै गरेको करीव पाँच हजार रुपैयाँ बराबरको कस्तुरी मदिरा समेत एपीएफ टोलील बरामद गरेको छ ।
बरामद लत्ताकपडा तथा मदिरा एपीएफ टोलीले भन्सार कार्यालय वीरगंजमा बुझाएको छ ।