मोरङ्ग, जेठ १३ः जिल्लाको रंगेली नगरपालिका ४ आमटोलास्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले २ लाख ३६ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै निजले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोला भित्र जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको थियो । बरामद रुपैयाँ भन्सार कार्यालय रानीमा बुझाइएकाे छ ।
चोरीनिकासीको पट्रोलियम पदार्थ बरामद
बाँके जिल्लाको नरैनापुर गाउँपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीनिकासीको पेट्रोलियम पदार्थ बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको ३१ सय लिटर डिजेल र ५० लिटर पेट्रोल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कट्कुईयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद पेट्रोलियम पदार्थ भन्सार कार्यालय जमुनहामा बुझाईएको छ ।