सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा तथा काठ बरामद

| 2021 Nov 22 | 07:33 pm 149

बाँके, मंसिर ६ः जिल्लाको खजुरा गाउँपालिका ७ सिमलघारी ईलाकाबाट साेमबार सशस्त्र प्रहरीले करीव ५ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले मंसीर ६ गते करीव १ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित चारमाईल ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

काठ बरामद
सर्लाही जिल्लाको हरिवन नगरपालिका १ स्थित जंगल ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैैयाँ बराबरको सालको काठ बरामद गरेको छ । उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय जानकी नगरमा बुझाईएको छ ।

आगलागी  नियन्त्रण
झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चैतुवारी स्थित एक प्लाई फ्याक्ट्रीमा साेमबार भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र
स्थानीय बासिन्दाले ६ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने विकास गोयलले संचालन गरेको कन्काई प्लाई फ्याक्ट्रीको गोदाममा विधुतीय तार सर्टभई आगलागी भएर करीव ४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षक श्याम बहादुर लिम्बुको
कमाण्डमा खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.