सशस्त्र प्रहरीद्वारा चोरीपैठारीका सामान बरामद

रिपोर्ट नेपाल | 2021 Jul 18 | 09:06 pm 5649

महोत्तरी, साउन ३ः जिल्लाको सम्सी गाउँपालिका ६ सम्सी बजारबाट सशस्त्र प्रहरीले करीव २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले साउन ३ गते करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.