मोरङ्ग, बैशाख १४ः जिल्लाको विराटनगर महानगरपालिका १ स्थित नोवेल डेरी चोक ईलाकाबाट
बुधबार सशस्त्र प्रहरीले करीव १ सय २० किलाे गाँजासहित एक भारतीय गाडी नियन्त्रणमा लिएको छ ।
ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् ।
नियन्त्रणमा लिईएको गाँजा र गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ्गमा बुझाईएको छ ।