सशस्त्र प्रहरीद्वारा काठ बरामद

रिपोर्ट नेपाल | 2018 Oct 05 | 10:18 am 3425

लहान, असोज १९ः सिरहाको लहान नगरपालिका–१५ शोभापुरबाट सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा गए राति ठूलो परिमाणमा काठ बरामद गरेको छ।

सशस्त्र प्रहरी बेसक्याम्प लहानबाट खटिएको टोलीले सालको तयारी झ्याल, ढोकाको ६३ थान १४।२९ क्यूफिट काठ बरामद गरेको हो ।

बरामद काठ आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाएको सशस्त्र प्रहरी बेसक्याम्प लहानका प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.