सुनसरी, कात्तिक २२ः जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को.१ ख ३०२० नम्वरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिईएको हो ।
बरामद चिनी तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ ।
भरुवा बन्दुक बरामद
कैलाली जिल्लाको गोदावरी नगरपालिका १२ स्थित कोल्मुडा जंगलबाट सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल निर्वाचन सुरक्षा वेश कैलालीले बरामद गरेको हो । बरामद बन्दुक ईलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाईएको छ ।