दाङ, असोज २९ः दाङमा सशस्त्र प्रहरीले पटका बरामद गरी नष्ट गरेको छ । शुक्रबार र शनिबार गरी पूर्वपश्चिम राजमार्गको धानखोला लमही सडकखण्डमा चेकजाँचको क्रममा पटका फेला पारी बरामद गरिएको थियो ।
अवैध पटकालाई स्थानीय जनप्रतिनिधि, नागरिक समाज र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २९ हेक्वा ज्वलामाई गण भालुवाङका प्रमुख विनोद केसीले जानकारी दिए।
सशस्त्र प्रहरी निरीक्षक धनन्जय केसीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा उक्त मूल्य बराबरका पटका फेला पारेको थियो ।
नष्ट गरिएको ४२ प्रकारका पटकाको अनुमानित मूल्य चार लाखभन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ । तिहार नजिकिँदै गर्दा स्थानीय व्यापारीले भारतको नाका हुँदै नेपाल ल्याएर लुकिछिपी पटका विक्री गर्ने गर्दछन् ।