सशस्त्र प्रहरीद्वारा अमेरिकन पेस्तोल र गोलीसहित एक जना पक्राउ

| 2022 May 19 | 08:57 pm 1561

सप्तरी, जेठ ५ः जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ
गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको टोलीले निज मण्डलको साथबाट उक्त पेस्तोल तथा सोको एउटा म्याग्जिन र ६ वटा गोली बरामद गरेको हो । निज मण्डललाई बरामद पेस्तोल, म्याग्जिन र गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित सीमा ईलाकाबाट बैशाख ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सजावटका सामानहरु बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डचौकीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.