सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान तथा सालकाे काठ बरामद

| 2021 Nov 18 | 05:33 pm 1929

महोत्तरी, मंसिर २ः जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट बिहीबार सशस्त्र प्रहरीले करीव ४ लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लजेश्वरमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराबाट सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले करीव १ लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताककपडा बरामद गरेको छ । बीआर ०५ एफ ८१८९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले बारा जिल्लाको महागढीमाई नगरपालिका २ स्थित भुतही चोकबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय वीरगंज बुझाएको छ ।

सालको काठ बरामद
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित नरेशखोर ईलाकाबाट मंसीर २ गते करीव २ लाख ९ हजार रुपैयाँ बराबरको १ सय क्यूफिट सालको काठ बरामद गरिएको छ । उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सागरनाथबाट खटिएको सशस्त्र प्रहरी र वन विकास परियोजनाबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.