सशस्त्र प्रहरीद्धारा लागुऔषधसहित २ महिला र एक पुरूष पक्राउ

| 2021 Sep 01 | 07:58 pm 2069

झापा, भदाै १६ः जिल्लाको मेचीनगर नगरपालिका १५ ईलाकाबाट सशस्त्र प्रहरीले करीव १६ ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको शिवशताक्षी नगरपालिका ७ बस्ने २१ बर्षीया निशा जोगी र मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका १० बस्ने ३९ बर्षीया बिमला ढकाल रहेकी छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यामिरगढीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला पारेको हो ।

पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझार्ईएको छ ।

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ पोखरीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २२ केजी. गाँजासहित सोही ठाउँ बस्ने
२४ बर्षीय ललित कुमार महतोलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो । पक्राउ परेका महतोलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

बिल विजक नभएको गलैचा बरामद
सर्लाही जिल्लाको हरिवन नगरपालिका १० स्थित नयाँरोड ईलाकाबाट सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको १७ थान गलैचा बरामद
गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त गलैचाको विल विजक नभएको पाईएपछि सो गलैचा बरामद गरिएको हो । बरामद गलैचा भन्सार कार्यालय हरिवनमा बुझाईएको छ ।

किराना सामान तथा औषधी बरामद
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीडाँडाबाट सशस्त्र प्रहरीले करीव ४ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
विभिन्न किसिमा औषधी तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ८३ हजार रुपैयाँ बराबरको
चोरीनिकासीको लत्ताकपडा बरामद गरेको छ ।

उक्त लत्ताकपडा मलंगवाबाट बरहथवातर्फ जाँदै गरेको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको अवस्थामा सोको विल विजक नभएको पाईएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.