सशस्त्र प्रहरीद्धारा भ्यानसहित शंकास्पद मानव हड्डि बरामद

| 2021 Oct 06 | 09:29 pm 1897

मोरङ, असाेज २०ः जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटीएको सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै उक्त भ्यान ब्याक गरी उक्त भ्यान छाडी चालक फरार भएपछी सो भ्यानभित्र जाँचगर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाकोहड्डि जस्तो
देखिने बस्तु १० वटा फेला परेपछि उक्त भ्यान समेत बरामद गरिएको हो ।

बरामद भएका उक्त हड्डिहरु रानी हेल्थ डेक्सका चिकित्सक मेडीकल अधिकृत कमल किशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरिक्षण गर्दा उक्त बस्तु मानव खप्पर तथा हातखुट्टाको नली हाड हुनसक्ने बताएका छन् । बरामद हड्डि तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

बिभिन्न किसिमको लागूऔषधसहित ५ जना पक्राउ
मोरङ जिल्लाको धनपालथान गाउँपालिका २ खयरवन ईलाकाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेलवारी नगरपालिका ६ बस्ने २९ बर्षीय तेज कुमार श्रेष्ठ, १८ बर्षीय फागुन राई र लेटाङ्ग नगरपालिका ६ बस्ने २९
बर्षीय सुरज तामाङ्ग  रहेका छन् ।

को ३ प ८१३२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश खयरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथमा नाईट्राजेपाम ३४५ वटा र  ८ वटा डाईक्लोमाईन हाइड्रोक्लोराईड डाईक्लोफिन फेला परिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित मिलनबजारबाट सशस्त्र प्रहरीले नाईट्रोभेट नामक लागूऔषधहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बस्ने २० बर्षीय हेमन्त भट्ट र २० बर्षीय भिम साउद रहेका छन् । से ७ प ६३२१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ३ सय वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका १ कुटी चियाबगान स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ८२ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले  मे १ ह ७०२६ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको
उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको अटो समेत बरामद गरको छ । बरामद सामान तथा उक्त अटो भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ ।  बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।

पौडी खेल्ने क्रममा डुवेर वेपत्ताकाे शव फेला
उदयपुर जिल्लाको वेलका नगरपालिका ५ स्थित भुतिया दहमा पौडी खेल्ने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले  फेलापारेको छ । मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका ४ बस्ने २० बर्षीय शिखर सिलवाल मंगलबार उक्त दहमा  पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल मुख्यालय नम्बर १ बराह बाहिनीबाट खोजी तथा उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक विमल खनालको कमाण्डको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव पानिमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.