सशस्त्र प्रहरीद्धारा भरुवा बन्दुक तथा चोरीपैठारीका बिभिन्न सामान बरामद

| 2021 Dec 06 | 06:44 pm 1637

कपिलबस्तु, मंसिर २०ः जिल्लाको बाण गंगा नगरपालिका ८ स्थित मधुवन सामुदायीक वनबाट साेमबार सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पिपराबाट गस्तिमा खटिएको टोलीले सो वनमा वेवारिसे अबस्थामा उक्त भरुवा बन्दुक फेला पारेको हो ।

चोरीपैठारीका बिभिन्न सामान बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सीचोकबाट सशस्त्र प्रहरीले करीव १ लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीका
बिभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा कस्मेटिक सामान तथा मोटरपाट्र्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको टोलीले बरामद गरेको हो ।

यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका १९ ईनरुवा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २० हजार रुपैयाँ
बराबरको चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको टोलीले बरामद गरेको हो ।

त्यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको जुत्ता तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा उक्त सामान
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.