सिरहा, माघ २२ः सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझ दुई जनालाई नियन्त्रणमा लिएको छ । सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट
उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा लाहान नगरपालिका वडा नम्बर १९ स्थायी
घर भएका वर्ष ३० का माेहम्मद ओसिन र २२ वर्षिय माेहम्मद राज शेख रहेका छन् । विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान
सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको छ ।
उनीहरुलाई बरामद नाेट तथा सामान सहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।