सशस्त्रमा ९ सय ३२ जागिर खुल्यो

| 2023 Jul 14 | 04:07 pm 2253

काठमाडौं, असार २९ । सशस्त्र प्रहरी बलले ९ सय ३२ स्थायी पदपूर्ती गर्नका लागि आवेदन माग गरेको छ ।

भर्ना छनौट शाखाले सूचना जारी गर्दै आवेदन माग गरेको हो । साउन २८ गते सम्म दरखास्त दिन पाउने पनि सशस्त्र प्रहरी वल भर्ना छनौट शाखा हलचोक स्वयम्भुले जनाएको छ । सशस्त्रमा रिक्त रहेको साधारण समूह साधारण उपसमूह तर्फ प्रहरी जवान पदमा खुला प्रतियोगिताबाट ९ सय ३२ पदपूर्तीका लागि सार्वजनिक सूचना जारी गरीएको सशस्त्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.