सशक्त कांग्रेस बनाउन कार्यकर्ताका सात सुझाव

रिपोर्ट नेपाल | 2019 Jan 25 | 12:00 pm 1679

काठमाडौं, माघ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेका बेला पार्टी सुदृढीकरण र शुद्धीकरण गरी सशक्त बनाउनका लागि कार्यकर्ताले सात सुझाव दिएको छ।

विमल संग्रौलाको संयोजकत्वमा २५ जना नेताको हस्ताक्षणसहित बिहीबार सात बुँदे सुझाव पत्र बुझाइएको हो। पार्टीको केही महिना अघि सम्पन्‍न महासमितिबाट पारित विधान र निर्णयहरु तत्काल लागू गर्न पनि सुझाव व्यक्त गरिएको छ।

विधानम व्यवस्था गरिए अनुसार पार्टीको प्रादेशिक संरचना एवं निर्वाचन क्षेत्र परिवर्तन भएका स्थानीय तहका संरचना अनुसार पार्टीका अधिवेशनहरु गर्नुपर्ने, महासमिति बैठकको सामूहिक भावना र जिल्ला सभापतिहरुको सर्वसम्मत निर्णय अनुरुप केन्द्रीय समितिका पदाधिकारी, सदस्य लगायत सबैले महाधिवेशन प्रतिनिधिले वडा तहबाटै प्रतिनिधित्व गर्नुपर्ने, आगामी दिनमा कम्युनिस्टसँगको सहकार्य अन्त्यको घोषणा गर्नुपर्ने सुझाव दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.