लालितपुर, जेठ ३१ः हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा न्युनिकरणको लागि नेपाल सरकारवाट निशेधाज्ञा जारी भईरहेको अवस्थामा अत्यावश्यक सेवा प्रवाहको लागि सवारी पास जारी हुँदै आएकोमा शनिबार राति ललितपुर महानगपालिका १३ एकान्तकुना स्थित रिंगरोड सडक वाटोमा विना पासकासवारी साधन चेक जाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा खोटाङ मझुवागढी न.पा.वडा नं. ११ घर भएका वर्ष २३ को दिनेश गुरुङ र मझुवागढी न.पा. वडा नं. ११ घर भएका वर्ष २८ को अम्वर गुरुङ रहेका छन् ।
बा ८१ प ७९३ नं. को मोटरसाईकल चालक अम्वर गुरुङ र प्रदेश १-०२-९०४० प ८६११ नं.को मोटरसाईकल चालक दिनेश गुरुङले एकै कार्यालय तथा सि.नं. भएका सवारी पास देखाएको र अनुसन्धानको क्रममा निजहरूले एकै नम्वरको सवारी पासमा फरक फरक नाम राखी सरकारी छाप, दस्तखत किर्ते गरी सवारी पास वनाई प्रयोगमा ल्याएको पाईएकोले निजहरु उपर लिखत (किर्ते) सम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतवाट दिन ४ को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको बताइएकाे छ।