सवारी ज्यान मुद्दामा फरार गाउँपालिका अध्यक्ष पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 23 | 07:51 am 1996

बारा, पुस ७: सवारी ज्यान मुद्दामा बाराको एक गाउँपालिका प्रमुख पक्राउ परेका छन् । पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत रहेका छन् ।

फरार रहेका राउतलाई जिल्ला प्रहरी कार्यलय बाराको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिए ।

जिल्ला अदालत बाराले विसं २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यसपश्चात केही समय उनी फरार रहेका थिए । त्यही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.