काठमाडौं, कात्तिक १६ः सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साविक चौतारा गाविस १ परिवर्तित चौतारा साँगाचोकगढी नगरपालिका ७ घर भई हाल भक्तपुर कौसलटार बस्ने ४५ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।
उनलाई जिल्ला अदालत सिन्धुपाल्चोकको २०६१ पुस १३ गते सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ७ दिन कैद सजाय भएको थियो ।
फैसला पश्चात फरार रहेका अभियुक्तलाई आइतबार कामनपा ३२ सुविधानगर, तीनकुनेबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि जिल्ला अदालत सिन्धुपाल्चोक पठाइएको सूचना अधिकृत (प्रवक्ता) प्रहरी उपरीक्षक ईश्वर कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जनाइएको छ ।