भक्तपुर, चैत १०: सल्लाघारीमा एक भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा पोखिएको मोबिलमा चिप्लिएर एकसाथ १ दर्जन सवारीसाधन एक आपसमा ठोक्किएका छन् ।
सोमबार दिउँसो करिब ३ बजेतिर भएको उक्त दुर्घटनामा आधा दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
सडकमा पोखिएको मोबिलमा चिप्लिएर अन्य गाडीहरु एक आपसमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।