सल्यानमा जिप दुर्घटना एकको मृत्यु

| 2021 Oct 24 | 04:15 pm 553

काठमाडौँ कत्तिक ७ : सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परी सल्यान जिल्लाको बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाग्चौर नगरपालिकाबाट दाङका लागि छुटेको भे १ च १८९० नम्बरको जिप आइतबार बिहान कपुरकोट गाउँपालिका ३ मुलपानीको वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा घाइते भएका बस्नेतलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

घाइतेहरुको राप्ती उपक्षेत्रीय प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको र गम्भीर घाइते भएकी बविता रावललाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.