सलाह नहुँदा इजिप्ट बेल्जियमसँग ३-० ले पराजित

रिपोर्ट नेपाल | 2018 Jun 07 | 08:00 am 3039

काठमाडौं, जेठ २४: रसियामा यही जुन १४ गते देखि हुने विश्वकप २०१८अघिको मैत्रीपूर्ण खेलमा इजिप्टलाई मोहम्म सलाहको खाँचो खड्केको छ । सलाह मैदानमा नहुँदा बुधबार राति भएको खेलमा बेल्जियमले इजिप्टलाई तीन शून्यले पराजित गरेको छ ।

ब्रसेल्समा भएको खेलमा चोटका कारण मैदान बाहिर सलाह मैदानमा नउत्रिदा इजिप्ट विरुद्ध बेल्जियमले पहिलो हाफमा नै दुई गोल गरेको थियो । खेलको २७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ३८ औं मिनेटमा इडेन हजार्डले बेल्जियमका लागि दोस्रो गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बेल्जियमले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा तेस्रो गोल गर्‍यो ।

उसका लागि मारुवान फेलीनीले गोल गर्न सफल भए । यो हारले इजिप्टलाई विश्वकप तयारीमा केही धक्का पुगेको छ ।

यस्तै, अर्को खेलमा विश्वकपमा सहभागि भएको टिम पानामा नर्वेसँग एक शून्यले पराजित भयो भने नाइजेरीया चेक रिपब्लिकसँग एक शून्यले हार्न पुग्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.