काठमाडाैं, माघ १९ः अदालतको अवहेलना गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दा अधिवक्ता समिर हायुले दर्ता गराएका हुन् ।
मुद्दा आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।