सर्वोच्चमा सिफारिस भएका पाँच न्यायाधीश सुनुवाइ समितिबाट अनुमोदित

रिपोर्ट नेपाल | 2019 Apr 18 | 05:47 pm 2008

काठमाडाैं,  वैशाख ५ : न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका पाँच जना न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

प्रधानन्यायाधीशमा सिफारिस प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको बिहीबार सुनुवाइ भएको थियो ।

सुनुवाइ समितिले पाँचै जनाले सर्वसम्मत रूपमा अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनीहरूले अब सपथ लिएपछि कार्यभार सम्हाल्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.