काठमाडौँ, आश्विन २० / सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि आइतबार कैदमुक्त भएका छन् ।
सर्वोच्चमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाए बमोजिम कारागार प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आइतबार कैदमुक्त गरेको हो ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत पूर्ण इजलासले उनीहरुलाई अदालतको अवहेलनाको आरोपमा दोषी ठहर गर्दै तीन महिनाका दरले कैद सजाय तोकेको थियो ।
दुवैजना सर्वोच्च अदालतमा पुगेर क्षमायाचना गरे पछि त्यसका आधारमा सर्वोच्चबाट सात दिनको कैद भुक्तानपछि अरु कैद निलम्बन गरेर रिहा गरिदिनु भन्ने पत्रका आधारमा गएराती नै कैद भुक्तान भएकाले हामीले आज विहानै उहाँहरुलाई रिहा गरेका हौं ।