सर्वोच्चबाट छुटे लगत्तै पुन: पक्राउ पर्दै नेकपा प्रवक्ता प्रकाण्ड

रिपोर्ट नेपाल | 2018 Sep 14 | 05:28 pm 1931

काठमाडौं, भदौ २९ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड ) अदालतले छाेडे लगतै  पुन: पक्राउ पर्ने भएका छन् । बिहीबार बिहान दाङबाट काठमाडौं ल्याइएको प्रवक्ता प्रकाण्ड उदयपुरको बम काण्डलाई लिएर पुन: पक्राउ पर्ने  भएका हुन् ।

विशेष स्रोतले रिपर्ट नेपाललाई बताए अनुसार अहिले सर्वोच्च परिसरमा पकाण्डलाई पक्राउ गर्नका लागि प्रहरी तैनाथ गरिएको छ । निर्वाचनका क्रममा गत वर्ष मंसिर चुनावी अभियानमा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार नाराणय बहादुर कार्की र कांग्रेसकै मिरा कटुवाल घाइते भएका थिए ।

गत शुक्रबार भोजपुरबाट दाङ लगिएका विकलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि काठमाडौं ल्याइएको थियो । विकको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ लगिएको थियो ।

विकका विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो, तर म्याद नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटे थियो ।

यसअघि ललितपुरस्थित एनसेल टावरमा आगजनी र काभ्रेस्थित एक ठेकेदार कम्पनीको डोजरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलार्इ भदौ १  मा सर्वोच्च रिहाइको आदेश गरेलगत्तै पक्राउ गरेको थियो।

दोस्रोपटक ७ भदौ पनि सर्वोच्चले रिहाइको आदेश गरेलगत्तै भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा काठमाडौं प्रहरी परिसरले तेस्रोपटक सोही दिन पक्राउ गरेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.