सर्वोच्चद्वारा दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित हुन आदेश

| 2024 Dec 18 | 03:19 pm 389

काठमाडौँ ०३ पुष / सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।

बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश गरेको हो ।

पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.