सर्वोच्चको आदेशलगत्तै विप्लव नेता बास्तोला पुन: पक्राउ

| 2021 Feb 22 | 06:07 pm 1869

काठमाडौं फागुन १० : सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा बिच वार्ताहुने चर्चा चलेपनि सरकार भने चन्द पक्षका नेता कार्यकर्तालाइ पक्राउ गर्न सक्रिय भएको छ। केहिदिन अघि पक्राउ गरि थुनामा रहेका त्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्बोच्चले सोमबार आदेश दिएलगत्तै प्रहरीले उनलाई पुन पक्राउ गरेको छ।

न्यायाधिश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले नेता बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो। तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै नेता बास्कोटालाई पक्राउ गरेको हो।

फरक विचार र आस्थाका कारण पक्राउ गरेको देखिँदा निजलाई थुनामा राख्न उचित नदेखिएकोले आजै गैरकानुनी थुनाबाट मुक्त गरिदिनू भनी नेपालको संविधानको धारा १३३(२) र (३) सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ बमोजिम वन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दैै रिहा गर्न आदेश दिइएको थियो।

सरकारले प्रतिबन्ध लगाएको झण्डै दुईवर्ष पछि विप्लव नेतृत्वको माओबादीलाई राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी थालेको छ। नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको जनाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विप्लवसँग वार्ता गर्न लागेको बताएका थिए। मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.