काठमाडौँ, वैशाख ६ः सर्वाेच्च अदालतका न्यायाधीशमा डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्यायपरिषद्का सिफारिसमा साेमबार चुडाल र सुवेदीलाई नियुक्त गरिएकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश छन् । दुबै जनाको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।