सर्वसाधारणलाई डर देखाई अपराधिक गतिविधी गर्ने समूह प्रहरी नियन्त्रणमा

| 2023 Aug 02 | 09:53 pm 4921

काठमाडाैं, साउन १७ । सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डरत्रास, भय सृजना गर्नुका साथै  कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडाैंको बौद्ध जोरपाटीबाट काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडाैं गोकर्णेश्वर नगरपालिका वडा नं. ८ जोरपाटी बस्ने बर्ष २८ को बाफ्ले भन्ने विक्की लामा सहित  पाँच  जना रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि  प्रहरी वृत्त बौद्ध, काठमाण्डौ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.