सर्लाही, माघ ८ः आज बिहान ४ बजे सर्लाहीको हरिवन नगरपालिकामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका ५ की ३६ वर्षीया राज कुमारी चौधरीको घटना स्थलमा नै मृत्यु भएको र साेही ठाउँकी २३ वर्षीया रिता चौधरीको वीरगंज लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
ना ५ ख ४४८८ नम्बरको बस दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस सर्लाहीकाे हरिवन नगरपालिका–४ मा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।