सर्लाही एसपीका घुमुवा काम र दाम खोज्दै यूनिट यूनिटमा

| 2023 Aug 21 | 02:15 pm 102545

सर्लाही, भदाै ४ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीका घुमुवा प्रहरी नायव निरीक्षक अरुणराय यादव र प्रहरी सहायक हवल्दार राम अजोहया यादवले सुवेदीलाई गुमराहमा राखि पैसा उठाउने गरेको रिपोर्ट नेपाललाई समाचार प्राप्त भएको छ ।

सहायक हवल्दार यादवलाई प्रयोग गर्दै विभिन्न इलाका प्रहरी कार्यालयबाट सादा पोशाकमा खटाइएकाहरुसँग काम र दाम माग्ने गरेको बुझिएको छ । उनीहरुले सादा पोशाकका प्रहरीसँग माग्ने काम भनेको अपराध न्यूनीकरण गर्ने र राजस्व चुहावट गर्नेलाई कानूनको दायरामा ल्याउनका लागि नभएर उनीहरुसँग मिलेर लाइन खुलाउने कार्य भएको बताइएको छ । नेपालबाट चना, मटर, मदिरा लैजाने र भारतबाट लत्ता कपडा ल्याउने गिरोहसँग मिलेर राजश्व छलि गराउने गरेका यादवद्वयले इलाका प्रहरी कार्यालयका एक इमान्दार जवानले काम र दाम नदिएकोले काज गरेका छन् ।

रिपोर्ट नेपाललाई एक भरपर्दो स्रोतले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय वरथहा सर्लाहीका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले सूचना संकलनका लागि खटाएका प्रहरी जवान उपेन्द्र यादवले प्रहरी उपरीक्षकका घुमुवा अरुण राय यादवको समूहलाई दाम र काम नदिएको भन्दै बेलवास काज गरिएको छ । कार्यालय प्रमुख लामिछानेको निर्देशनमा फरार अपराधि पक्राउ गर्ने देखि विभिन्न अपराध कर्म गर्नेलाई कानूनको दायरामा ल्याउन सकृय उपेन्द्रलाई काज गरिए पछि प्रहरी नायव उपरीक्षक लामिछानेले प्रहरी उपरीक्षक नरेशराज सुवेदीलाई राम्रो काम गर्ने भनेर सिफारिस गर्दा समेत उनको काज रोकिएन ।

काज नरोकीनुको प्रमुख कारण प्रहरी उपरीक्षक नरेशराज सुवेदीका घुमुवाको कुरा सुनेर काज गरिएको हो । सुवेदीलाई बुझाउनका लागि यूनिट यूनिटमा पैसा उठाइन्छ की आफैलाई खल्ती भर्न हो त्याे भने बुझ्न सकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.