सरोज कुमार यादव |
कर्तिक १२, सर्लाही । सर्लाही प्रहरीले लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ | गाजाको कारोबार भइ सवारी आउँदै गरेको सूचना पाएको प्रहरीले कविलासी नगरपालिका – ९ भलुवाहा बाट २५० किलो गाजा सहित दुई जनालाई पक्राउ गरेको हो |
ट्र्याक्टरको माथिल्लो भागमा लोड गरि ल्याउँदै गरेको गाजा सहित गाडिका चालक कविलासी नगरपालिका – १० का २८ वर्षिय भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय पक्राउ परेको प्रहरीले जनाएको छ |
ट्र्याक्टर सहित दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ |