सर्लाही, मंसिर १५/ सम्पत्ति शुद्धीकरणकाे अनुसन्धानकाे दायरामा रहेका सर्लाही बरथवाका नामुद मिटर व्याजी रामबाबु यादवलाई प्रमुख जिल्ला अधिकारी काेमल धमला र प्रहरी उपरीक्षक प्रविन धितालले संरक्षण गरेको समाचार प्राप्त भएको छ।रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार मिटर व्याजी यादवलाई पक्राउ गरेर बुझाउनका लागि सम्पत्ति शुद्धीकरणले चारवटा पत्र लेख्दा समेत बेवास्ता गरिएको छ।सर्लाहीमा सान सँग गाडीमा हुइकिने यादवबाट प्रमुख जिल्ला अधिकारी धमला र प्रहरी उपरीक्षक धितालले राम्रोसँग मालपानी पाएकाे यादव निकटका मानिसहरू बताउछन।सम्पत्ति शुद्धीकरण ,केन्द्रीय अनुसन्धान व्युराे (सिआइवी) र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटर व्याजी यादवका विरूद्ध पिडीतले एकसय भन्दा बढी उजुरी दिएका छन।यादवको विरूद्ध पाँच अर्व भन्दा माथिको मुद्दा परेको छ।शुद्धीकरणले छानवीनका लागि पक्राउ गर्न गरेको पत्राचारलाई प्रशासकले लागू नगरेर संरक्षण दिनुलाई रहस्यमय मानिएको छ।स्मरण रहाेस मिटर व्याजी यादवले केही समय अघि काठमाडौकाे कुलेश्वरमा आठ कराेड मुल्यमा कम्पाउण्डवाला घर खरिद गरेका छन।घरको दुइतर्फ गेट छ भने गेट रिमाेटले मात्रै खुल्ने कुरा समाचार स्राेतकाे दावी छ।