सर्लाही, कार्तिक २२। मधेस प्रदेशका डिआइजी जनक भट्टराइको निर्देशनमा बरिस्ठ सईको दरबन्दी रहेको सिमा प्रहरी चौकी चौकी संग्रामपुरमा बेसिक तालिम समेत नगरेका असई मनोज यादव लाई पठाइएको थियो । प्राय सधै विवादमा आइरहने असई यादव यस पटक चालिस हजार रुपैया फूल व्यापारी बाट घुस लिएको आरोपमा निलम्बनमा परेका छन । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार फूलका होलसेल व्यापारी सन्तोष भण्डारीले ल्याएको फूल रोकेर चालिस हजार घुस लिएको आरोपमा असई मनोज यादबलाई निलम्बन गरीएको हो ।
घटना विवरण अनुसार भण्डारीले १९ गते राती पिकअप भ्यानमा फूल लिएर आएका थिए । भण्डारीको फूलको त्यो भ्यानलाई असई मनोज यादबले रोकेर चालिस हजारमा दिल मिलेपछि फूल छाडिएको थियो। सग्रामपुर एरियाका वडा अध्यक्ष विरेन्द्र झा लाई फूल व्यापारी भण्डारीले ई-सेवाबाट चालिस हजार हालिदिए पछिमात्र छाडिएको थियो । आफूले नगद लिया प्रमाण हुने देखेर असई यादवले वडा अध्यक्षको खातामा हाल्न लगाएका थिए। यो सबै कुरा थाहा पाएका एक प्रहरीले टोलीले फूल व्यापारी भण्डारीलाई एसपी कहाँ राति नै उजुरी हाल्न लगाएका थिए। फूल व्यापारीले लिखित उजुरी हालेपछि २० गते असई मनोज यादवलाई निलम्बन गरीएको छ । अत्यन्तै विवादित असई यादवलाई त्यहाँ पढाउन ठाडो निर्देशन दिएका डिआइजी जनक भट्टराइले निलम्बन गर्न शुरुमा नमाने पनि एसपीले काम गर्न कठिनाई हुने बताएपछि मात्र पत्रमा हस्ताक्षर गरेका थिए। स्मरण रहोस असई यादव हबल्दार रहँदा काठमाण्डौको बालाजु बाट, अख्तियारले पाँच लाख नगद सहित पक्राउ गरेको थियो।