काठमाडौँ फागुन ११: सर्वोच्चले संसद विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन ।
स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेस थापा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुखलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन् ।
आज विहानै मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बेलाएका थिए।