बैतडी, असार ४ः गएराति सर्पले टोकेर बैतडीमा डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका वडा नं २ कपर्तका गोरख बहादुर चन्दका डेढ वर्षीय छोरा बिशाल चन्द रहेका छन् । उनलाई राति २ वजे सुतेकै अवस्थामा ओछ्यामै टोकेको थियाे ।
सर्पले बालकको दाँया हातमा टोकेर गम्भीर भएपछि उपचारका लागि पाटन लैजादै गर्दा बोटोमै बालकको मृत्यु भएको बुझिएकाे छ ।