सर्पले टाेकेर एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 03 | 04:09 pm 2141

इलाम, भदाै १७: साेमबार राति विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का २४ वर्षीया टिका विसुङ्खे रहेका छन् ।

गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिए । उनका ७ वर्षका एक छोरा रहेकाे पनि बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.