सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 May 28 | 12:55 pm 2629

बैतडी, जेठ १४ः सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट सिगास गाउँपालिका–७ न्वाघरका ५५ वर्षीय करि दमाइको मृत्यु  भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

घरमै सुतिरहेका वेला शुक्रवार बिहान उनलाई सर्पले टोकेको हो। केहीबेरमै उनको मृत्यु भएको जोशीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.