सुरक्षाकर्मीलाई फूल उपहार दिएर कार्यक्रमको थालनी

रिपोर्ट नेपाल | 2019 Jun 19 | 03:27 pm 1897

काठमाडौं, असार ४:  सधै कुनै न कुनै बिरोध कार्यक्रम भइरहने माइतीघर मण्डलामा बुधबार पनि एक बृहद बिरोध सभा सम्पन्न भएको छ । सधैका कार्यक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेला धकेल मात्र होइन ढुङ्गा र लाठी हानाहान पनि हुने गरेका छन् ।

आज कार्यक्रमको आयोजना गरेको गुठीयार र प्रहरीबीच यस अघिको कार्यक्रममा राम्रैसँग झडप भई सकेको हो । प्रदर्शनकारीले सडक अवरोध गर्न खोजेपछि पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई तितर वितर बनाएको पनि धेरै समय भएको छैन ।

बुधबार यही ठाउँमा बिशाल जनसहभागिता सहित गुठीयारको बिरोध सभा भयो । मण्डलादेखि नयाँ बानेश्वर, पुल्चोकसम्म प्रदर्शनकारी सडकमै नारा लगाए । आज सुरक्षाकर्मीले पनि आफ्नो सुरक्षा घेरा भन्दा बाहिर गएन भने प्रदर्शनकारी पनि शान्तिपूर्ण कार्यक्रम गर्न सफल भए ।

आज अचम्मलाग्दो विषय भनेको गुठीयारका तर्फबाट माइतीघर मण्डलामा खटीएका प्रहरीलाई फूल दिइएको थियो । यसरी फूल पाउँदा सधै ढुङ्गामुढासँग लाठी हान्नुपर्ने प्रहरीले पनि मुस्कानसहित फूल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.