काठमाडौं, चैत १४: प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९)को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई सरकार साथमा रहेको बताएका छन् ।
बिहीबार सामाजिक संजाल ट्वीट मार्फत प्रधानमन्त्री ओलीले सङ्कटको यो समयमा बिरामीको सेवामा खटिरहेका स्वास्थ्यकर्मीको साथमा सरकार रहेको बताएका हुन् । साथै प्रधानमन्त्री ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिन्तित नहुन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको चार सन्देशमा अहिले मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन भनिएको छ । त्यस्तै उनले ‘तपाईँहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गर्नु’ पनि भनेका छन् ।
त्यसका लागि प्रधानमन्त्री ओलीको यी चार सन्देश पनि दिएका छन् ।
१. चिकित्सक तथा प्राविधिक साथीहरु हाल मौज्दात सामग्रीको आधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ ।
२. तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् धैर्य गरौँ ।
३.कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ ।
४. सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔँ ।