काठमाडौँ, फागुन १४ : गृहमन्त्री राम बहादुर थापा (बादल)ले सहिदले देखाएको मार्गमा अघि बढिरहेको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
उनले सहिदहरूको बलिदानीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गर्दै सहिदहरूले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्ने संकल्प गरे ।
सहिदहरूको सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव बताउँदै सरकार सहिदको सपना पुरा गर्न तल्लीन रहेको बताए ।
मुलुक समृद्धि अभियानमा उन्मुख भएको उल्लेख गर्दै समृद्ध नेपाल सुखी नेपाली सहिदहरूको चाहना भएकाले अहिलेको सरकार सहिदको सपना पुरा गर्न तल्लीन रहेको दाबी गरे ।