काठमाडौं बैशाख २६ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अर्थमन्त्रालयमा उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकोले राज्यले उद्योगी र व्यापारीको संरक्षण र व्यवस्थापन गर्नु पर्ने बताएका छन् ।
मन्त्री बस्नेतले उक्त कुरा एकता व्यापार संघ नेपालद्वारा आयोजित बृहद निशुल्क स्वास्थ्य शिविरको महाबौद्धमा आज उद्घाटन गर्दा बताएका हुन् ।
उद्योगी व्यवसायीको व्याजदरबारे सरकार गम्भीर भएको बताउँदै मन्त्री बस्नेतले व्याजदर घटाउने विषयमा आफूले पटक पटक अर्थमन्त्रीसँग कुरा राखेको पनि उक्त कार्यक्रममा बताएका छन् । मन्त्री बस्नेतले सरकारले मौद्रिक नीतिलाई परिवर्तन गरेर भएपति गरी खानेलाई खान दिनुपर्ने कुरामा जोड दिएका छन् ।
आयोजक संस्थाले स्वास्थ्य जस्तो संवेनशिल कुरालाई महत्व दिएर स्वास्थ्य शिविरमा राखेर प्रशंसनीय कार्य गरेकोमा विशेष धन्यवाद दिएका थिए ।
आयोजकको तातोपानी नाका खुलाउने विषयमा राखेको जिज्ञासामा मन्त्री बस्नेतले चीनसँग कुटनीतिक तरिकाबाट कुरा गरी सहजीकरण र व्यवस्थापन गर्न आफू लागिपर्ने बताएका थिए ।
आफू जुँगाको रेखी बस्दै देखि समाज रुपान्तरण र सामाजिक सेवामा लागेको बताउँदै एकता व्यापार संघले पनि संस्थाको सदस्य सम्झिएर दुःख सुखमा सम्झन समेत आग्रह गरेका थिए ।
एकता व्यापार संघका अध्यक्ष माधव खरेलको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा खरेलले संस्थाको आफ्नो सामाजिक दायित्व अनुसार शिविर संचालन गरेको बताए ।
अध्यक्ष खरेलले बैंक व्याजको चाप अर्थतन्त्रमा देखिएको तरलताले व्यापारमा कमी घरभाडाको चाप र भन्सार झंझटले व्यापारी मार्कामा परेको बताएका थिए ।
बृहद स्वास्थ्य शिविरमा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य वेदबहादुर श्रेष्ठले शुभकामना र संस्थाका वरिष्ठ उपाध्यक्ष गोविन्द श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
स्वास्थ्य शिविर पिपल्स डेण्टल कलेज र काठमाडौं मेडिकल कलेजको सहयोगमा संचालन भएको थियो ।