सरकार विरुद्ध तरुण दलले ७७ जिल्लामै प्रदर्शन गर्ने, सबै सहभागि हुन अध्यक्ष बस्नेतको आग्रह

| 2018 Jul 30 | 04:10 pm 2162

काठमाडौं, साउन, १४ :  नेपाल तरुण दलले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । भोलि (मंगलबार ) नेपाली काँग्रेसको भातृ संगठन तरुण दलले देशव्यापी रूपमा प्रदर्शन गर्ने भएको हो ।

तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले भाेली  हुने देशव्यापी प्रदर्शनमा नेपालभरका तरुण दलका जिल्ला कार्यसमितिलाई उत्शाहजनक रूपमा सहभागिता जनाउन निर्देशन दिएका छन् ।

अध्यक्ष बस्नेतले फेसबुक मार्फत जानकारी दिदैँ भनेका छन्, ‘ ओली सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापको विरुद्ध भोलि श्रावण १५ गते मंगलबार, ७७वटै जिल्लाका सदरमुकाममा,कांग्रेस जिल्ला कार्य समितिको नेतृत्वमा हुने बृहत् विरोध प्रदर्शन कार्यक्रमलाई सशक्त र बृहत् बनाउन तरुण दलका सबै जिल्ला, क्षेत्रीय, पालिका र वडाका अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत सम्पूर्ण तरुण साथीहरू लाई हार्दिक अपिल गर्दछु ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.